नियम २४
अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक बीच विवाद परेमा गर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक बीच दूरसंचार सेवा सम्बन्धमा विवाद परी नियम २२ बमोजिम प्राधिकरण समक्ष उजुरी परेमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहकलाई झिकाई दुबै पक्षसँग छलफल गरी विवादको समाधान गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम आपसी छलफलबाट विवादको समाधान हुन नसकेमा प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति वा ग्राहकलाई उपयुक्त सम्झेको कुनै आदेश दिन सक्नेछ र सो आदेश अनुरूपको काम गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति वा ग्राहकको कर्तव्य हुनेछ ।